काठमाडौं । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ कोवाङस्थित सानुसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।
‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् ।