Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल


    शुक्रबार, जेष्ठ १३ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । 

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

    ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेपालले जारी गरेको सन्देशमा भनिएको छ ।

    नेता नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार