Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन: खनाल


    बिहिबार, जेष्ठ १२ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका छन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका हुन् । 

    रुस र युक्रेनबीच तीन महिनादेखि युद्ध चलिरहेका बेला संसदमा खनालले भने, ‘पश्चिमा र पूर्वी शक्तिको बीचमा तीव्र ढंगले प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धा अहिले विश्वव्यापी रूपमा फैलिँदो अवस्था छ । यही प्रतिस्पर्धाको एउटा सिकारको रूपमा युक्रेन भइरहेको छ ।’ 

    युक्रेनमा भइरहेको युद्धले युरोपमा दुईवटा शक्ति युद्धको अवस्थामा रहेको भन्दै उनले सो युद्ध तुरुन्तै टुंगिने अवस्था नरहेको बताए । पश्चिमा महाशक्तिहरू र रुस दुवै शक्ति युद्धलाई तत्काल टुंग्याउने अवस्थामा नरहेका भन्दै उनले पश्चिमा शक्तिमा लागेकाले युक्रेन युद्ध झन झन लम्बिने अवस्था देखिएको छ । जसकारण मुद्रास्फिति, खाद्य संकट, इन्धनको मूल्यवृद्धि भइरहेको उनको दाबी छ ।       
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार