Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रूपनी गाउँपालिकाले एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने


    बिहिबार, जेष्ठ १२ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । रूपनी गाउँपालिकाले गरिब तथा विपन्नका लागि एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ । नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा प्रतिनिधिहरूले सपथ ग्रहण तथा पद स्थापनाका क्रममा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने र उक्त एम्बुलेन्समा ५० प्रतिशत छुट दिने घोषणा गरे ।

    गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सर्वसाधारणलाई सस्तो र सहज उपचारका लागि एम्बुलेन्सको व्यवस्था र उपचारका लागि आवतजावत गर्न गरिब, विपन्नलाई ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाए । हरेक वडामा बर्थिङ सेन्टर र स्वास्थ्य उपचारको व्यवस्था पनि गर्ने उनको भनाइ छ । 

    रूपनी गाउँपालिकाको धार्मिक स्थल शनि मन्दिर, रूपनी माता, दिनाभद्री लगायतलाई पर्यटकीय स्थलको रूपमा चिनाउने, जिल्लामा भएको एकमात्र औद्योगिक क्षेत्रलाई व्यवस्थित गरी ठूलाठूला उद्योग सञ्चालन गर्ने उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार