ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले आज (बुधबार) पदबहाली गरेका छन् ।
नगरपालिका कार्यालय इमाडोल पुगेर मेयर श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले पदबहाली गरेका हुन्। पदबहालीअघि मेयर श्रेष्ठले उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
मेयर श्रेष्ठले पदहालीसँगै केहि नयाँ निर्णय गरेका छन् पहिलो– प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रोटोकल अनुसार नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलालाई सुत्केरी भएपश्चात प्रोत्साहन स्वरुप १ हजार ५ सय रुपैयाँ नगद दिने । साथै सुत्केरी हुँदा अस्पताल जाँदा लाग्ने एम्बुलेन्स खर्च नगरपालिकाले व्यवस्थापन गर्ने ।
दोस्रो निर्णय छ– ‘क’ वर्गको अपाङ्ता परिचय पत्र प्राप्त व्यक्तिहरुलाई नेपाल सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको घरसम्म पुर्याउने ।
मेयर श्रेष्ठले गर्भवती र सुत्केरी महिलाको परिवारलाई आर्थिक भारतबाट जोगाउन र अपाङ्ता भएका व्यक्तिहरुलाई सहजता होस् भनेर दुई वटा निर्णय गरिएको जानकारी दिएका छन्।
मेयर, उपमेयरसहितका जनप्रतिनिधिहरुलाई प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीलगायत नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए ।
स्वागत समारोहमा प्रदेश सभा सदस्य माधव पौडेल, निवर्तमान मेयर रामेश्वर श्रेष्ठ, निवर्तमान उपमेयर निर्मला थापा, विभिन्न दलका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend