बैतडी । बैतडीका २९२ उम्मेदवारहरुको जमानत जफत भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका १ हजार ४०८ मध्ये २९२ जना उम्मेदवारहरुले १० प्रतिशत पनि मत प्राप्त गर्न नसकेपछि जमानत जफत भएको हो ।
दशरथचन्द नगरपालिकामा ९२ जनाको धरौटी जफत भएको छ । ४ जना नगर प्रमुखका उम्मेदवार र ३ जना उपप्रमुखकासहित वडा अध्यक्ष र सदस्यका गरी ९२ जनाको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको पाटन नगरपालिकामा पनि नगर प्रमुखका १ उपप्रमुखका १, वडा अधयक्षका १० र सदस्यका १४ जनागरी २६ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
पुर्चाैडी नगरपालिकामा १९ जना उम्मेदवारको धरौटी जफत भएको छ । नगर प्रमुखका उम्मेदवार २ जना, उपप्रमुखका १ जना वडा अध्यक्षका ६ जना र १० जना सदस्यका उम्मेदवार गरी १९ जनाको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मेलौली नगरपालिकामा ३ जना नगर प्रमुखका उम्मेदवार सहित ५६ जनाको जमानत जफत भएको छ ।
पञ्चेश्वर गाउँपालिकामा १ जना उपाध्यक्ष र ३ वडा सदस्यको गरी ४ जना उम्मेदवारको जमानत जफत भएको छ ।
डिलासैनी गाउँपालिकामा १८ जनाको धरौटी जफत भएको छ । पालिका अध्यक्षका उम्मेदवार २ जना, वडा अध्यक्षका ५ र वडा सदस्यका ११ जना गरी १८ जनाको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बैतडीको सुर्नया गाउँपालिकमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष र ९ जना वडा अध्यक्ष तथा वडा सदस्य गरी ११ जनाको जमानत जफत भएको छ ।
शिवनाथ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष १÷१ जना, वडा अध्यक्षका पनि २ जना र ११ जना वडा सदस्यका गरी १५ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दोगडाकेदार गाउँपालिकामा २५ जनाको उम्मेदवारको धरौटी जफत भएको छ । अध्यक्षका २ जना, उपाध्यक्षका १ जना, वडा अध्यक्ष ८ जना र १४ जना वडा सदस्यका उम्मेदवारकोगरी २५ जनाको जमानत जफत भएको हो ।
जिल्लाको सिगास गाउँपालिकामा पनि अध्यक्षका १ र उपाध्यक्षका पनि १, वडा अध्यक्षमा ७ र वडा सदस्यमा १७ गरी २६ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारले कुल खसेको मत मध्ये १० प्रतिसत भन्दा कम मत ल्याएकाहरुको धरौटी जफत हुने प्रावधान रहेको छ । बैतडीमा १ हजार ४०८ उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend