Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजितः जेलेन्स्की


    बुधबार, जेष्ठ ११ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणबिरूद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् । ‘एकता हतियारका बारेमा हो । के यो एकता व्यवहारमा छरु म यो देख्न सक्दिन । हामी वास्तवमै एकताबद्ध हुँदा रुसमाथि हाम्रो ठूलो फाइदा हुनेछ’, जेलेन्स्कीले विश्व आर्थिक सम्मेलनमा भने ।

    वासिंगटन  र युरोपेली देशहरूले युक्रेनमा अर्बौं डलरको हतियार उपलब्ध गराएका छन्, ताकि युक्रेनी सेनाले रुसी फौजलाई परास्त गर्न सकियोस् । 

    युक्रेनले अमेरिकी नेतृत्वको नेटो सैन्य गठबन्धनमा थप समर्थन, सदस्यता र देशमा नो–फ्लाई जोन लागू गर्न आह्वान गरेको छ । किभले ठूलो सहयोग, अमेरिकी नेतृत्वमा रहेको नेटो गठबन्धनको सदस्यता र युक्रेनमा नो–फ्लाई जोन लागू गर्न आह्वान गरेको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनको समर्थनको लागि कृतज्ञ रहेको बताए । ‘हामी युरोपेली महादेशमा छौँ र हामीलाई एक संयुक्त युरोपको समर्थन चाहिन्छ’,  उनले थपे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार