महोत्तरी । स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटमा भएको कमिकमजोरी र त्रुटिबारे कांग्रेसभित्र समीक्षा हुन थालेको छ । विशेषगरी पार्टीबाट टिकट नपाएपछि बागी (स्वतन्त्र) रुपमा उम्मेदवारी दिएका निर्वाचित भएपछि कांग्रेस मधेश प्रदेशमा उम्मेदवार छनोटमा भएको त्रुटिबारे समीक्षा गरिन थालिएको हो ।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टीभित्रैबाट वागी बनेका जनकपुरधाम उपमहानगरपालिकाका मनोज साह सुडी र बर्दिबास नगरपालिकाका प्रल्हाद क्षेत्रीले लोकप्रिय मत ल्याएर विजयी भएपछि कांग्रेस मधेश प्रदेशमा समीक्षा सुरु भएको हो ।
मनोनयन दर्ताको अन्तिम दिन क्षेत्रीको टिकट केन्द्रबाट हस्तक्षेप गर्दै खोसिएको थियो भने जनकपुरधाममा साहको चर्चा हुँदाहुँदै सत्ता गठबन्धन दलले जसपाबाट लालकिशोर झालाइ टिकट दिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकामा घण्टा घर चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिएका साहले निकटतम प्रतिद्वन्द्वीलाइ ४ हजार ३० मतले पराजित गरे । निकटतम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साहले ९ हजार ५३२ मत ल्याए भने मनोज साहले १३४६५ मतसहित फराकिलो मतान्तरले विजयी भए ।
सत्ता गठबन्धनका साझा उम्मेदवार लालकिसोर झा चौथो नम्बरमा खुम्चिनु पर्यो भने एमाले, लोसपा क्रमशः दोस्रो र तेस्रो बने । उपमहानगरपालिकामा मनोज साह जस्तै बागी र स्वतन्त्र गरी २६ जनाले उम्मेदवारी दिएका थिए ।
त्यस्तै बर्दिबास नगरपालिकामा पनि चुनावी मतपरिणाम निकै रोचक बन्यो । कांग्रेसले गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाउदै बागी उम्मेदवार बनाएर कांग्रेसको असन्न्तुष्ट समूह चुनावी मैदानमा होमियो ।
टिकटको चर्चा र जनाधार प्रल्हाद क्षेत्रीको पक्षमा हुँदाहुँदै चिरञ्जीवी हमाललाई टिकट थमाएको आरोप लगाउदै कांग्रेस नगरकमिटीका सभापतिसहित नेता कार्यकर्ता प्रल्हाद क्षेत्रीको पक्षमा उभिए ।
जसको परिणामस्वरूप क्षेत्रीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । निकै लोकप्रिय मतसहित विजयी भएका क्षेत्रीले आफूमात्र विजयी भएनन्, प्यानललाइ नै विजयी गराए ।
चारवटा वडा, उपमेयरसहित विजयी भएका क्षेत्रीले माओवादी केन्द्रलाइ ५ हजार ८८७ को फराकिलो मतान्तरले पराजित गरे । माओवादी केन्द्रवाट उम्मेदवार बनेका राजु खडकाले ८ हजार ३२३ मत ल्याए भने प्रल्हाद क्षेत्रीले १४ हजार २१० मत ल्याएर विजयी भए ।
क्षेत्रीले बर्दिबास नगरपालिकामा २० वर्षदेखि एकल राज गर्दै आएको माओवादी केन्द्रलाइ मात्र विस्थापन मात्र गराएनन, कांग्रेसका आफ्नै आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालको जमानत जफतसमेत गराए । चिरञ्जीवी हमालले १२६३ मतमा नै सीमित बन्नुपर्यो ।
जनता र कार्यकर्ताको भावनाविपरीत पार्टीले टिकट दिँदा आधिकारिक टिकट उम्मेदवार पराजित र बागी निर्वाचित भएपछि कांग्रेस मधेश प्रदेशभित्र उम्मेदवार छनोटमा भएको कमिकमजोरीबारे समीक्षा हुन थालेको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend