Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मतगणना नसकिँदै काठमाडौं महानगरकाे उपमेयरमा सुनिता डंगोल विजयी


    बुधबार, जेष्ठ ११ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मतगणना नसकिँदै काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।

    उपमेयरमा २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् ।

    उनको निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठसँग सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ ।  श्रेष्ठले२० हजार ६८६ मतमात्र पाएका छन् । 

    यस्तै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक रहेका छन् । साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका हुन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् भने एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार