Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिनामा ७ हजार लिटर खानेपानी निशुल्क दिने मेयर रेनु दाहालको घोषणा


    बुधबार, जेष्ठ ११ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गर्दै महिनामा सात हजार लिटर खानेपानी निःशुल्क दिने घोषणा गरेकी छन्।

    खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले दाबीसमेत गरेकी छन्।

    साथै उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बीमा गर्ने निर्णयमा पनि हस्ताक्षर गरेकी छन्।

    आगामी आर्थिक वर्षबाट यो बीमा कार्यक्रम लागू हुनेछ। छोरीहरूका लागि एक लाख रूपैयाँको जीवन बीमा गर्ने निर्णय महानगरको छ।

    महानगरले गरिदिने बीमामार्फत् १५ वर्षपछि एक लाख रूपैयाँ पाइनेछ। यो बीमाको व्यवस्था सरकारी अस्पतालमा जन्मिएका छोरीहरूका हकमा मात्रै लागु हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार