Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैशाख मसान्तसम्ममा राष्ट्र बैंकमा नेपाल सरकारको ३ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप


    बुधबार, जेष्ठ ११ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैशाख मसान्त सम्मको अपरिष्कृत मासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार बैशाख मसान्त सम्ममा राष्ट्र बैंकमा नगद तथा नगद समान सम्पती ४ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ । 

    त्यस्तै यो अवधी सम्ममा राष्ट्र बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई ऋण तथा सापटी दिएको छ । साथै समिक्षा अवधीसम्ममा राष्ट्र बैंकमा बैंक तथा वित्तिय संस्थाहरुबाट १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ । 

    त्यसैगरी बैशाख मसान्त सम्ममा राष्ट्र बैंकमा नेपाल सरकारको ३ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको छ । 

    राष्ट्र बैंकले प्रकाशन गरेको वित्तिय विवरणः

    628d8b0a39b93.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार