काठमाडौं । सरकारले ५ सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी तथा सरसफाइ मन्त्रालयमा सरुवा भएका छन् । सहरी विकास मन्त्रालयबाट अन्यायपूर्वक ४ महिनामै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका गेलालले न्याय पाएका छन् । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । नेपाल ट्रष्टका सचिव गोपालप्रसाद सिग्देल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन् ।
सतर्कता केन्द्रका सचिव सुशीलचन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा भएका छन् । ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की अवकाश भएपछि रिक्त थियो । नेपाल ट्रष्टको सचिवमा भने कसैलाई पठाइएको छैन । कार्कीको ठाउँमा रिक्त सचिव बढुवा भएपछि नेपाल ट्रष्टमा पदस्थापन गर्ने संभावना छ ।