Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इनर्जी ड्रिङ्क्समा गरिएको अरबौं लगानी जोखिममा, चोर बाटोबाट रेडबुललाई नेपाल छिराउने तयारी


    मंगलबार, जेष्ठ १० २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । उद्योग विभागका अधिकारीहरु आफ्नै तालुकदार मन्त्रालयले आयातमा रोक लगाएको उत्पादन र सामग्रीहरु चोरबाटोबाट नेपालमा ल्याउन अनुमति दिने तयारीमा छन् । जसका कारण करोडौं करोड लगानी गरी उद्योग खोल्ने लगानीकर्ताहरुको लगानी जोखिममा पर्ने भएको छ ।  

    उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७६ असार २ गते क्याफिनयुक्त शक्तिबद्र्धक पेयपदार्थ (इनर्जी ड्रिङ्स) आयातमा रोक लगाएको छ । क्याफिनयुक्त शक्तिबद्र्धक पेयपदार्थ आयातमा रेडबुल पनि पर्दछ । रेडबुल आयातमा रोक लगाएपछि नेपालमा इनर्जी ड्रिङ्स उत्पादन गर्ने उद्योगहरु विस्तारै स्थापना हुन थालेका छन् । 

    आयातमा रोक लगाएसँगै हालसम्म दर्जनभन्दा बढी इनर्जी ड्रिङ्स उत्पादन गर्ने उद्योगहरु नेपालमा सञ्चालनमा आएका छन् । जसमा नेपाली उद्योगीहरुको अरवौं लगानी छ भने हजारौंले रोजगारी पाएका छन् । सरकारको यो निर्णयबाट उत्साहित भएका लगानीकर्ताहरु इनर्जी ड्रिङ्र्स उद्योग क्षेत्रमा थपिने क्रम अझै जारी छ । 

    नेपालमै उत्पादित दर्जनौं ब्राण्डका इनर्जी ड्रिङ्र्सहरु बजारमा उपलब्ध भइसकेका छन् । यस्तो अवस्थामा उद्योग मन्त्रालयकै मातहतको निकाय उद्योग विभागले भने चोरबाटोबाट विदेशी इनर्जी डिङ्स उत्पादन गर्ने रेडबुललाई नेपालमा उत्पादनका लागि अनुमति दिने प्रक्रिया थालेको छ ।

    खेतान समूहले एक कम्पनी स्थापना गरेर रेडबुल उत्पादन गर्ने कम्पनीसँग ट्रेडमार्क ट्रेड एग्रीमेन्ट(टीटीए) गरेर नेपालमै रेडबुल उत्पादन गर्न अग्रसरता लिएको हो । जसलाई उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ । स्रोतका अनुसार रेडबुल लगायत इनर्र्जी ड्रिङ्स नेपालमा आयात रोकेर स्वदेशमै उद्योग स्थापना गर्नका लागि लबिङ गरेको समूह नै अहिले रेडबुललाई नेपाल भित्र्याएर उत्पादन गर्ने तयारीमा लागेको छ ।

    बिडम्बना उक्त समूहको स्वार्थलाई विभागको प्रविधि शाखाका निर्देशक सुरेश श्रेष्ठको अध्यक्षतामा बसेको प्रविधि समितिको केही दिनअघि सम्पन्न बैठकले अनुमति दिने प्रक्रिया थालेपछि नेपालमा अरबौं लगानी गरेका लगानीकर्ताहरु हतोत्साही बन्न पुगेका छन् । खेतान समूहले करोडौं घुस बुझाएर उद्योग विभागबाट रेडबुल उत्पादनको अनुमति लिने प्रक्रिया अगाडि बढाएको स्रोतको दाबी छ । स्रोतका अनुसार उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई खेतान समूहका संचालक राजेन्द्र खेतानले सेटिङ गरिसकेका छन् ।

    नेपाली बजारमा दर्जनौं ब्राण्डका इनर्जी ड्रिङ्स उत्पादन भइरहे पनि रेडबुल नै इनर्जी ड्रिङ्स हो भन्ने छाप उपभोक्तामा रहेको अवस्थामा रेडबुलको उत्पादन नेपालमै हुन थाल्यो भने त्यतिबेला स्वदेशी उद्योगीको अवस्था कस्तो होला ? विदेशी मुद्रा सञ्चितीको अवस्था घट्दै गइरहेका बेला स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने कार्यक्रम ल्याउनुपर्छ भन्ने वर्तमान सरकारको नीति विपरीत सरकारकै मातहतमा रहेको विभागका केही व्यक्तिको स्वार्थले सरकारको नीतिलाई खिल्ली उडाउने काममात्रै गरेको छैन, स्वदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने काम भइरहेको छ । स्रोतका अनुसार रेडबुल उत्पादन गर्न दिएबापत उक्त कम्पनीले नेपालबाट मुनाफा डलरमा विदेश लैजानेछ । 

    इनर्जी ड्रिङ्स आयात बन्द गरिसकेपछि नेपालमा अरबौं लगानी गरी उद्योग खोलिए । तर पुनः चोरबाटोबाट रेडबुललाई नेपालमा प्रवेश गराउन खोजिएको हो भन्नेबारेमा महानिर्देशक रामचन्द्र तिवारीले आफूलाई यो बिषय जानकारी नै नभएको बताए । उनले रेडबुल आयातमा प्रतिबन्ध नलगाइएको दाबी गरे । २०७६ असार २ गते इनर्जी ड्रिङ्स आयातमा रोक लगाइएको स्मरण गराएपछि उनले रेडबुल आयातमा आयातमा प्रतिबन्ध लगाइएको स्वीकार गरे ।

    रेडबुल आयात नहुने भएपछि अरबौं लगानी गरी इनर्जी ड्रिंक्स उद्योग खोलिएको तर अब खेतानले नेपालमा उत्पादन गर्ने भनेर चोरबाटोबाट छिराउने चलखेलका बारेमा उनले कूटनीतिक शैलीमा भने–‘अर्को पनि नेपालीले नै ल्याउन लागेको हुनसक्छ । यसमा मैले मेरिटमा भन्ने भन्दा पनि मेरो टेबुलमा फाइल आइसकेको छैन, आएपछि हेरेर भन्न सक्छु ।’ 

    महानिर्देशक तिवारीले फाइल आफ्नो टेबुलमा नआएको बताए पनि घुमाउरो भाषामा खेतानले रेडबुल नेपालमा उत्पादन गर्न अनुमति बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार