Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फाप्ला र गौतमबुद्ध क्रिकेट मैदान सरकारको नीति तथा कार्यक्रममा समावेश


    मंगलबार, जेष्ठ १० २०७९
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । धनगढीको फाप्ला क्रिकेट मैदान र चितवनको गौतमबुद्ध क्रिकेट मैदानको निर्माण कार्यको कुरा सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रियसभासमक्ष संयुक्त रुपमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई क्रिकेट मैदानको निर्माण गरिने उल्लेख छ । 

    सरकारले खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिने तथा खेलमा सहभागी हुने अवसर उपलब्ध गराइने विषय नीति कार्यक्रममा समावेश गरेको छ । मापदण्ड बनाएर खेलाडीलाई पुरस्कार, भत्ता र आकस्मिक तालिमको व्यवस्था गरिने भण्डारीले जनाइन् ।

    हरेक स्कुलमा खेल क्लब स्थापना गर्ने  नीति सरकारले अवलम्बन गर्ने भएको छ । साहसिक तथा पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने विषयसमेत सरकारले नीति तथा कार्यक्रममा सामवेश गरेको छ ।

    हरेक प्रदेशमा कम्तिमा एक प्रशिक्षक सुविधासहितको एक रंगशाला र प्रशिक्षण स्थान निर्माण कार्यलाई अघि बढाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार