काठमाडौं । श्रीमतीको बिभत्स हत्या गरेर सब टुक्रा टुक्रा पारी जंगलमा लगेर फाल्ने हत्यारा रञ्जन कोइरालालाई सर्वोच्च अदालतले कैद संजाय घटाएपछि त्यसको चौतर्फी बिरोध भएको छ । जिल्ला अदालत र उच्च अदालतले सर्वस्वसहित जन्मकैदको संजाय सुनाएका कोइरालालाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै नेतृत्वको इजलासले छाड्ने निर्णय गरेको बिरोधमा शुक्रबार माइतीघरमा प्रदर्शन भएको छ ।
स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट भएको उक्त प्रदर्शनमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन माग गर्दै प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरिएको थियो ।
प्रधानन्यायाधीश राणा र अर्का न्यायाधीश तेजबहादुर केसीको इजलासले सशस्त्रका पूर्वडीआइजी रन्जन कोइरालालाई संजाय घटाएर ८ बर्ष ६ महिनामै छाड्न आदेश दिएपछि उनी बिहीबार जेलमुक्त भएका छन् ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend