काठमाडौं । नेपाल आयल निगमले हवाई भाडा समेत बढाएको छ ।
पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले बुधबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा समेत बढाएकाे हाे ।
संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो ।
निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्याएको छ ।