चितवन । चितवनमा जिल्ला समन्वय समिति (जिसस)को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले)सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।
जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तिमा आठ मत ल्याउनुपर्छ ।
पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपुर महानगरको प्रमुख र उपप्रमुख पनि जित्ने पक्का भइसकेको छ । अहिले भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ । मत गन्न बाँकी रहेका भरतपुरका तीनवटै वडाको सबै मत एमाले–राप्रपाले पाए पनि जित्ने सम्भावना टरेको छ ।
यससँगै जिससको निर्वाचनका लागि गठबन्धनसँग सात भोटमात्रै हुने भएको छ । एमालेको एक्लै सात भोट छ । एमालेले तीन पालिका प्रमुख र चार उपप्रमुख जितेको छ ।
जिसस जित्न गठबन्धन र एमाले दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ । अब गठबन्धन वा एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने छ ।
पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मात्रै जिससको निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । जिससको निर्वाचनमा बराबर मत आए गोलाप्रथाबाट जिसस प्रमुख र उपप्रमुख निर्वाचित हुने उनले बताए ।
‘जिससको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । पालिकाको वडाध्यक्ष वा सदस्यमा निर्वाचित जनप्रनिधिले जिसस प्रमुख र उपप्रमुखको लागि उमेदवारी दिन पाउँछन्’, उनले भने, ‘मत बराबर आए गोला प्रथाबाट जनप्रतिनिधि छान्ने काम हुन्छ ।’
पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उमेदवार निर्वाचित भएको घोषणा भएको १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने कार्कीले जानकारी दिए ।
नगरपालिकामा तीन जना र गाउँपालिकामा दुई जना कार्यपालिका सदस्य निर्वाचित हुने उनले बताए । त्यसको लागि पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यले मत हाल्न पाउँछन् । कार्यपालिका सदस्यको निर्वाचन निर्वाचन अधिकृतले गराउने कार्कीले बताए ।
‘कार्यपालिका सदस्यको निर्वाचनमा दलित र अल्पसंख्यकलाई दलहरुले उमेदवार बनाउन पाउँछन् । निर्वाचन अधिकृतले त्यसको निर्वाचन गराउने व्यवस्था छ’, उनले भने ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend