Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडाकी मेयर लामाको पहिलो निर्णय- १५४१ विपन्न परिवारलाई बिमा


    सोमबार, जेष्ठ ९ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीराम श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि पदभार ग्रहण गरिएको हो ।  

    पदभार ग्रहणपछि मेयर लामाले हेटौंडाका १ हजार ५४१ अति विपन्न घर परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरेकी छिन् । त्यसैगरी मासिक १५ हजार लिटर पानी, २५ युनिट बिजुली नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको गरिएको छ ।

    आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित भएका विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तार गर्ने क्रममा सडकमै रहेका विद्युत्‌का पोलहरू सार्ने निर्णय पनि गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार