काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटाउनका लागि प्रधानमन्त्रीले केपी शर्मा ओली अग्रसर भएको आरोप लगाएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
उनले पार्टी बैठक चलिरहेकै बेला प्रधानमन्त्री ओलीको सक्रियतामा निर्वाचन आयोगमा नेकपा-एमाले दल दर्ता हुनुले पनि प्रधानमन्त्रीको गतिविधि प्रष्ट पार्ने दावी गरे । उनले भने, ‘पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ ।’
पछिल्लो समय प्रधानमन्त्रीको समर्थनका नाममा भैरहका गतिविधि तर्फ संकेत गर्दै प्रचण्डले यो पनि प्रम ओलीकै काम भएको बताएका छन् । देशभर कार्यकर्ता खटाएर जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएको भन्दै आफ्ना समर्थकले पनि आदेश कुरेर बसेको समेत बताए ।
यस्तै उनले नेकपाको पछिल्लो विवाद पदको लागि जस्तो देखिएको भएपनि यो लडाइँ विचारको भएको उनले प्रष्ट पारे ।
‘पूँजीवादमै रहने कि समाजवादी संस्कृति, संरचना अगाँल्ने भन्नेमै अहिलेको बहस चलिरहेको छ । पदका लागि झगडाजस्तो देखिए पनि यसलाई सच्याउनुपर्छ,’ उनले भने ।
अहिले पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्छ भनेर चलाइएको बहस निरर्थक भएको समेत उनले दावी गरे ।
उनले महाधिवेशनका लागि बहस खुला नगरिसकिएको अवस्थामा स्थगित गरिएको विचारलाई कार्यदिशाका रूपमा अँगाल्नुपर्छ भनेर चलाइएको छलफलले पछाडि फर्काउने बताए । उनले यस्ता गतिविधिले पार्टीलाई फुट र विभाजनबाट रोक्न नसक्ने पनि बताए ।
‘हामीले जनताको बहुदलीय जनवाद, माओवाद, २१ औं शताव्दीको जनावाद आदिलाई छाडेर जनताको जनवाद अँगालेका हौं । कसैले जनताको बहुदलीय जनवाद र मैले २१ औं शताव्दीको जनवाद हुनुपर्छ भन्ने हो भने एकतालाई प्रबद्र्धन गरेको ठहरिँदैन,’ उनले भने ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend