Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पार्टी फुटाउनका लागि प्रधानमन्त्री अग्रसर भएको प्रचण्डको आरोप


    शुक्रबार, साउन ९ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटाउनका लागि प्रधानमन्त्रीले केपी शर्मा ओली अग्रसर भएको आरोप लगाएका छन् ।

    पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

    उनले पार्टी बैठक चलिरहेकै बेला प्रधानमन्त्री ओलीको सक्रियतामा निर्वाचन आयोगमा नेकपा-एमाले दल दर्ता हुनुले पनि प्रधानमन्त्रीको गतिविधि प्रष्ट पार्ने दावी गरे । उनले भने, ‘पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ ।’

    पछिल्लो समय प्रधानमन्त्रीको समर्थनका नाममा भैरहका गतिविधि तर्फ संकेत गर्दै प्रचण्डले यो पनि प्रम ओलीकै काम भएको बताएका छन् । देशभर कार्यकर्ता खटाएर जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएको भन्दै आफ्ना समर्थकले पनि आदेश कुरेर बसेको समेत बताए । 

    यस्तै उनले नेकपाको पछिल्लो विवाद पदको लागि जस्तो देखिएको भएपनि यो लडाइँ विचारको भएको उनले प्रष्ट पारे । 

    ‘पूँजीवादमै रहने कि समाजवादी संस्कृति, संरचना अगाँल्ने भन्नेमै अहिलेको बहस चलिरहेको छ । पदका लागि झगडाजस्तो देखिए पनि यसलाई सच्याउनुपर्छ,’ उनले भने ।

    अहिले पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्छ भनेर चलाइएको बहस निरर्थक भएको समेत उनले दावी गरे ।

    उनले महाधिवेशनका लागि बहस खुला नगरिसकिएको अवस्थामा स्थगित गरिएको विचारलाई कार्यदिशाका रूपमा अँगाल्नुपर्छ भनेर चलाइएको छलफलले पछाडि फर्काउने बताए । उनले यस्ता गतिविधिले पार्टीलाई फुट र विभाजनबाट रोक्न नसक्ने पनि बताए ।

    ‘हामीले जनताको बहुदलीय जनवाद, माओवाद, २१ औं शताव्दीको जनावाद आदिलाई छाडेर जनताको जनवाद अँगालेका हौं । कसैले जनताको बहुदलीय जनवाद र मैले २१ औं शताव्दीको जनवाद हुनुपर्छ भन्ने हो भने एकतालाई प्रबद्र्धन गरेको ठहरिँदैन,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार