Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै उपमेयर पदका उम्मेदवार श्रेष्ठले दिए निवेदन


    सोमबार, जेष्ठ ९ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठले काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएका छन् । 

    काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार श्रेष्ठले पुनः मतगणना गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

    उम्मेदवार नै नभएका उपमेयरको रूख चिन्हमा मत सङ्केत हुँदा आफू उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई समेत बदर गरी गणना गरेकोप्रति उनको असन्तुष्टि छ ।

    यसबाट मत परिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको उनको जिकिर छ ।  ‘तसर्थ स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय अनुसार हुने गरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत सङ्केत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दाहोर्‍याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान ९मतगणना० अधिकृतलाई आदेश गरिपाऊँ’, उनको निवेदनमा भनिएको छ।

    280742654_1088137681917246_7119274894472065349_n_n1or3z23Dl.png279443690_551746446525842_7585430898034746555_n_D8esdPOpeZ.png

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार