Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते


    सोमबार, जेष्ठ ९ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उदयपुर र बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । 

    उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर आइतबार बिहान मृत्यु भएको हो । 

    आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    बागलुङको ढोटपाटन नगरपालिका–७ गाल्ढुङ बस्ने १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ । 

    सोही ठाउँमा चट्याङ पर्दा बालचन्द्र विक लगायत ४ जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य घाइतेलाई थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार