काठमाडौं । नेपाल आयल निगमले एक सातामै फेरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले आइतार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरेको छ भने खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बृद्धि गरेको छ ।
मूल्यबृद्धिपछि अब पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्नेछ । हवाई इन्धनमा पनि मूल्यबृद्धि भएको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय ६६ रुपैयाँ पुर्याइएको छ ।
मूल्यबृद्धि गर्दा पनि पेट्रोल, डिजल, मट्टितेल र ग्याँसमा अझै घाटा रहेको निगमले जनाएको छ ।