तनहुँ । ब्यास नगरपालिकाको मतगणना सकिन लागेको छ । १ हजार मत गणना बाँकी रहँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार बैकुन्ठ न्यौपानेले ४२५ मतले अग्रता लिएका छन् ।
न्यौपानेले ११ हजार १ सय १७ मत प्राप्त गर्दा नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले १० हजार ६ सय ९२ मत पाएका छन् । अब १ हजार मत गणना गर्न बाँकी छ । १ हजार मत गणना बाँकी भएकाले न्यौपानेको जित निश्चित मानिएको छ ।
जोशी भ्रष्टाचारको मुद्दा खेपिरहेका पूृर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । एमालेले गोविन्दराज जोशीसँग तनहुँमा चुनावी तालमेल गरेको छ । जोशीका छोरा दीपकलाई ब्यासको मेयरमा एमालेले समर्थन गरेको छ ।
कैंची चिह्न लिएका दीपकराज जोशीलाई ब्यासको रिस्ती मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । जोशीले मतपत्र च्यातेपछि उनीमाथि आक्रमण भएको बताइएको छ । उनले मतपत्र च्यातेकोले मुचुल्का नै उठाई पुनः मतदान गरिएको थियो ।