खोटाङ। ९ वैशाखअघिसम्म खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका लोकेन्द्र राई वडाध्यक्षको भूमिकामा थिए । गाउँपालिका अध्यक्षमा उठ्ने भएपछि उनले ९ वैशाखमा पदबाट राजीनामा दिए । गाउँपालिकाको ३० वैशाखमा सम्पन्न निर्वाचनमा उनी एमालेकातर्फबाट अध्यक्षमा निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनपछि पाँच वर्ष वडाध्यक्ष बनेर काम गरेका राईको भूमिका थप फराकिलो बनेर फेरिएको हो ।
पाँच वर्ष जनप्रतिनिधिका रूपमा काम गर्नेक्रममा लोकेन्द्रले आफ्नो भूमिकालाई बृहत् बनाउने अभ्यास गरे । वडाबाट सिंगो पालिकाको नेतृत्व गर्ने क्षमताको विकास गरे । फलतः उनी यसपल्ट वडाध्यक्षबाट गाउँपालिका अध्यक्षमा फड्को मार्न सफल भएका छन् । जिल्लाका १० पालिकाका ७९ वडामा निर्वाचित वडाध्यक्षमध्ये उनी पालिका प्रमुखमा विजयी हुने एक मात्र वडाध्यक्ष बनेका छन् । गाउँपालिकाको नेतृत्वमा पुगेपछि संघीयताको मर्म अनुसार वडालाई शक्तिशाली बनाउने उनको योजना छ ।
‘सिंहदबारको अधिकार गाउँमा अझै आइपुगेको छैन । म गाउँ–गाउँमा सिंहदबारबाट पुर्याउने प्रयास गर्नेछु । श्रोत साधन वितरण गरेर वडालाई अधिकार सम्पन्न बनाउने छु,’ राईले भने, ‘वडा शक्तिशाली भए मात्र गाउँपालिका मजबुत हुन्छ । स्थानीय तहलाई सुन्दर बनाउने छु, । विकृति र विसङ्गतिको अन्त्य गर्ने छु । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने छु ।’
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सँगै वडाध्यक्ष चुनिएका कतिपय जनप्रतिनिधि पुनः वडाध्यक्षमै दोहोरिए । कोही टिकट नै नपाएर नेतृत्वलाई धारे हात लाउँदै वडाध्यक्षबाट बिदा भए । कतिपय पराजित भए । तर हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका निवर्तमान वडाध्यक्ष रमेश राउत उपमेयरमा उक्लिएका छन् । राउत लगायतका जनप्रतिनिधिले बिहीबार निर्वाचन अधिकृतको कार्यालयबाट विजयी भएको प्रमाण–पत्र लिएका छन् । दुर्छिमदेखि हलेसीसम्म विजय र्याली निकाले । वडाध्यक्षका रूपमा सेवा गर्ने क्रममा उनले आफ्नो भूमिकालाई फराकिला बनाउँदै लगे, नगरपालिका हाँक्ने आँट र साहस जुटाए । पाँच वर्षमा उपमेयरमा दाबी गर्ने हैसियत बनाए । नगरपालिकाको मुहार फेर्ने योजना सहित कार्य प्रारम्भ गर्ने राउत बताउँछन् ।
यस्तै, स्थानीय तहको निर्वाचनले बराहपोखरी गाउँपालिका–४ फाक्टाङका निवर्तमान वडाध्यक्ष भुवलराज राईको भूमिका फेरिएको छ । गठबन्धन (नेकपा एकीकृत समाजवादी)कातर्फबाट उनी गाउँपालिकाका उपाध्यक्ष चुनिएका छन् ।
पार्टीले कारबाही गर्ने चेतावनी दिँदादिँदै ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङले गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिए । कांग्रेसका गाउँपालिका सभापति तामाङ विजयी त भएनन् तर गठबन्धनका उम्मेदवार हराउन उनको मत पर्याप्त भए । त्यसको फाइदा एमालेका गिरेन्द्रबहादुर राईले उठाए । तामाङका कारण गठबन्धनका उम्मेदवार श्रीबहादुर राई पराजित भए । तामाङले १००७ मत पाएका छन् । गिरेन्द्रबहादुरले २६०६ मत पाउँदा श्रीबहादुरले २४८० मत पाएका छन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend