Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • एआइजीको फुली लगाएको भोलिपल्टै अवकाश, दुई तारे गाडी प्रयोग नै गर्न पाएनन्


    आइतबार, जेष्ठ ८ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) वसन्तकुमार लामा एक दिन पनि एआइजीको रुपमा काम गर्न नपाई अवकाश भएका छन् ।

    शुक्रबारको मन्त्रिपरिषद बैठकले उनलाई एआइजी बढुवा गरेको थियो । शुक्रबार बढुवा भएका उनलाई अपराह्न प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न (फुली) लगाइएको थियो ।

    बैशाख २३ मा बढुवा सिफारिस भएका उनलाई चुनावका कारण मन्त्रिपरिषद बैठक ढिला बसेकाले जेठ ६ मा मात्र बढुवा गरिएको थियो । जेठ ६ मा बढुवा भएका उनी शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले कार्यालयमा आउन पाएनन् ।

    आइतबार उनी डीआइजीको ५६ बर्षे उमेर हदले अवकाश भएकाले उनले एक दिन पनि एआइजीको २ तारे गाडी प्रयोग गर्नसमेत पाएनन् । एआइजीको फुली लगाएर मातहतका प्रहरीको सलुट समेत खान नपाई उनी अवकाश भएका छन् ।   

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार