Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • रेशम चौधरी जेलमा, उनकाे रिहा माग्‍ने पार्टी बन्यो पहिलो


    आइतबार, जेष्ठ ८ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल भएपछि चर्चाको विषय बनेको छ ।

    गएको १९ पुसमा पार्टी दर्ता भएको हो । दर्ता भएको चार महिनापछि निर्वाचनमा जाँदा पार्टी कैलालीमा पहिलो बन्‍न सफल भएको हो ।

    पार्टी गठबन्धनको योजनाकार रेशम भने जेलमै छन् । ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा उनी अदालतबाट दोषी ठहरिएका हुन् ।

    जेलमै रहेर समर्थकहरूलाई पार्टी दर्ता गरी निर्वाचनमा जान सुझाएका चौधरीको पार्टी अन्ततः स्थापित राजनीतिक दलहरूलाई पछि पार्दै पहिलो बनेपछि चर्चामा आएको हो ।

    पार्टी केन्द्रीय सदस्य योगेन्द्र तामाङले निर्वाचनमार्फत पार्टीलाई कैलालीका जनताले रुचाएको प्रतिक्रिया दिएका छन् । 

    निर्वाचन आयोगले जनाएअनुसार ७५ वर्षे इतिहास बोकेको स्थापित दल नेपाली कांग्रेसलाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टी पहिलो बनेको हो । 

    जिल्लाको १३ स्थानीय तहमध्ये उक्त पार्टीले सर्वाधिक ४ स्थानीत तहमा निर्वाचन जितेको छ । 

    कांग्रेसले ३, एमाले र माओवादीले समान २ र नेकपा एकीकृत समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ । 

    निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणलाई आधार मान्दा नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिका जितेको हो । 

    कांग्रेसले कैलारी गाउँपालिका, गोदावरी र लम्की चुहा नगरपालिका तथा एमालेले चुरे गाउँपालिका र बर्दगोरीय गाउँपालिकामा निर्वाचन जितेको आयोगले जनाएको छ ।

    आयोगका अनुसा माओवादीले गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिका तथा एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकामा निर्वाचन जितेका हुन् ।

    धनगढी उपमहानगरपालिका भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार