काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शंका-उपशंकाको अवस्था चलिरहेको छ । पार्टी भित्र चरम विवाद रहेको र एकले अर्कालाई पछार्ने नियत लिएका कारण पनि यस्तो अवस्था आएको जानकारहरु बताउँछन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए । लामो छलफल चलेको हल्ला बाहिरिएसँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूहले त्यो भेटलाई शंकाको दृष्टिले हेरेको खुमलटार स्रोतबाट थाहा भएको छ ।
यसअघि पनि प्रम ओली आफ्ना विश्वास पात्र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत सत्ता सहकार्यको प्रस्ताव देउवा समक्ष पठाएका थिए । अकस्मात प्रस्ताव आउँदा अचम्मा परेका देउवाले खासै सकारात्मक उत्तर नदिएपनि अहिले भने देउवा प्रस्तावमा थप छलफल गर्न रुचाएको चर्चा राजनीतिक वृत्तमा छ ।
कांग्रेसले औपचारिक रुपमा कोरोना संक्रमणका बारेमा सरकारको ध्यानाकर्षण गराएको जनाएपनि नेकपा भित्रका ओली इतर समूहको शंका हट्न नसेकेको बताइएको छ ।
सोहीबारे बुझ्न भन्दै प्रचण्ड आज बिहान प्रम निवास बालुवाटार पुगे । बालुवाटारमा प्रम ओली र प्रचण्डबीच दुई घण्टा कुराकानी भएको थियो ।
कुराकानीको क्रममा देउवासँगको भेटबारे पनि प्रसंग चलेको बालुवाटार स्रोतले बताएको छ ।
भेटमा स्थायी समितिको निरन्तरता लगायत पार्टी विवादको बारेमा समेत चर्चा चलेको भनिएको छ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend