Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु 


    आइतबार, जेष्ठ ८ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । फ्रान्सको उच्च पहाडमा  एउटा  पर्यटक विमान दुर्घटना हुँदा  एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । 
    शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ । 

    विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन् । आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएका थिए । 

    दुर्घटनाबारे छानबिन सुरु हुने भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार