धनगढी । सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवारले जीत हाशील गर्ने निश्चित भएको छ ।
धनगढी उप महानगरपालिकामा खसेको ६३ हजार ७ सय १५ मत मध्य शनिबार दिउँसो सम्म ५१ हजार ६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएर लिड गरिरहेका छन् ।
उनि दलका उम्मेदवार भन्दा १० हजार मतले अगाडी रहेका छन् । धनगढीमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मत पाएका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत मात्रै पाएका छन् ।
मत गणना करिव करिव अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दलका उम्मेदवार भन्दा १० हजार ९ सय ९७ अघि छन् ।
अव धनगढीमा करिब साढे १२ हजा मत गन्न बाँकी रहेको छ । साढे १२ हजार मत गन्दा कुनै पनि उम्मेदवारको पक्षमा एक लौटी जाने सम्भावना पनि छैन । त्यसैले एस पटक सुदूरपश्चिमको एक मात्र उप महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले कब्जा जमाउने निश्चित भएको छ ।
धनगढी उप महानगरपालिकाका १९ वडा मध्य १,२, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८, १९ को मतगणना सम्पन्न भइसकेको छ । मत गणना सम्पन्न भएका मध्य १, २, ३, ४, ५, १४, १५, १७, १९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी वडा नम्बर ७ , ८ र १८ मा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ६ र १६ मा मावबादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । धनगढी–१३ को मत गणना अन्तिम चरणमा छ, भने वडा नम्बर ९, १०, ११, १२ को मतगणना जारी छ ।
२०७४ को निर्वाचनमा पनि गोपाल हमालले धनगढी उप महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिवेला उनि कांग्रेसका उम्मेदवार नृप बहादुर वड संग २७ सय मत अन्तरले पराजीत बनेका थिए । यस पटक उनै नृप वडलाई पराजीत गरेर ०७४ को हारको बदला लग्दै गोपाल हमाल धनगढीको मेयर बन्ने लगभग निश्चित भएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend