Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्ती नगरपालिकाको मेयरमा नेकपा समाजवादीका लामा बिजयी


    शुक्रबार, जेष्ठ ६ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेको गढका रूपमा रहेको पूर्वी  चितवनको राप्ती नगरपालिका नेकपा (एकीकृत समाजवादी)ले जितेको छ । एमाले विभाजनपछि बनेको समाजवादीका शमशेर लामा राप्तीको मेयरमा निर्वाचित भएका हुन् ।

    लामा ४७३ मतान्तरले विजयी भएका हुन् । उनले १२ हजार ५२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्द प्रसाद कँडेलले १२ हजार ५१ मत ल्याए । 

    राप्तीमा एमालेभित्र आन्तरिक विरोध रहेको थियो । यसअघिका उपमेयर इमानसिंह लामा मेयरको दौडमा थिए । तर मेयरको बलियो सम्भावना भएका इमानसिंहले मेयरको टिकट पाएनन् । 

    उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र लामा २३४ मतान्तरले निर्वाचित भए । देवेन्द्रले १२ हजार ६८२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेकी मेनुका पाठकले १२ हजार ४४८ मत ल्याइन् ।

    राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार