भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५ हजार ६३१ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसी उल्लाह मुसलमानले ४हजार ३८८ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार माधुरी जैसबाल ४,७५७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मन्जु न्यौपानेले ४,६५९ मत ल्याएकी छन् ।
९ वटा वडा रहेको गैडहवामा वडा नम्बर एक बाट एमालेका प्रदीप कुमार चौधरी ९ सय १ मतले निर्वाचित भएका छन् । यस्तै वडा नम्बर २मा जनमत पार्टीका सराजुद्दीन धुनिया ५ सय ७८, वडा नम्बर ३ मा स्वतन्त्रबाट ५ सय १० मत ल्याई राम अजोर यादव निर्वाचित भएका छन् ।
वडा नम्बर ४ बाट नेपाली कांग्रेसका सुरेन्द्र सिंह कुर्मी ५ सय ५५मतले, वडा नम्बर ५बाट नेपाली कांग्रेसकै विजय कुमार शर्मा ८ सय ६४ मतले, बडा नम्बर ६बाट नेपाली कांग्रेसकै राज कुमार लोध ५ सय ८९ मतले, वडा नम्बर ७बाट जनमतका लाल बहादुर केवट ७ सय १ मतले , वडा नम्बर ८ बाट नेकपा एमालेका भुवन बहादुर राना मगर ८ सय ६९ मतले र वडा नम्बर ९ मा नेकपा एमालेकै मिना क्षेत्री ५ सय ९६ मतले निर्वाचित भएका छन् ।
३० हजार ३ सय ५१ मतदाता रहेको गैडहवामा २३ हजार ६ सय ६२ मतदाताले मतदान गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend