Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कञ्चनपुरको शुक्लाफाँटाका २ उम्मेदवारले एक भोट पनि पाएनन्


    बिहिबार, जेष्ठ ५ २०७९
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वडा अध्यक्षका उम्मेदवारहरुले एक मत पनि नपाएको भेटिएको छ ।

    वडा नं.७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका रामबहादुर ठगुन्ना र हरकसिंह ठगुन्नाले एक मत पनि नपाएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार दुबै जनाको मत शून्य छ ।

    यसबाट ती उम्मेदवारहरुले आफूले आफैंलाई पनि भोट नदिएको वा दिएको भोट पनि बदर भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

    रामबहादुरले खरायो र हरकसिंहले कुखुरा चुनाव चिह्न पाएका थिए ।

    वडा नं. ७ मा नेकपा एमालेका प्रतापसिंह धामी ७ सय २८ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार