बुटवल । सेनाको उपस्थिति र सुरक्षा सहजतापछि तिलोत्तमा नगरपालिकामा मतगणना मध्यरातबाट सुचारु भएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मतगणनास्थलको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएर मतगणना सुरु गरिएको बताए ।
सर्वदलीय सहमतिपछि बुधबार राति ९ बजेदेखि मतगणना सुचारु हुने भनिएकोमा सरकारी विद्यालयका प्रधानाध्यापक दलीय प्रतिनिधि बनेर मतगणनास्थलमा गएपछि करिव तीन घण्टा मतगणना कार्य अवरुद्ध भएको थियो ।
एमालेले सुरक्षाको माग गर्दै सेनाको उपस्थितिमा मात्रै मतगणना अघि बढाउन माग गरेको थियो । सोही अनुरुप सेनाको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयले रोकिएको मतगणना सुचारु गरेको हो ।
यसअघि मतगणनाको क्रममा निर्वाचन कार्यालयका कर्मचारीले गणना भएभन्दा फरक मत टिपोट गरेको भन्दै नेपाली कांग्रेसले अवरोध गरेको मतगणना कार्य सर्वदलीय सहमतिपछि बुधबार राति गणना सुरु हुनै लाग्दा फेरि विवाद सिर्जना भएपछि रोकिएको थियो ।
मत फरक परेका वडा नम्बर २ र १६ को मतगणना पुनः गरेर मतगणना कार्यलाई अगाडि बढाउन निर्वाचन आयोगले दिएको निर्देशन र सर्वदलीय बैठकले गरेको निर्णयले बुधबार राति ९ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो । तर राति ९ बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेकै बेला मतगणनाका लागि पुगेका दलका प्रतिनिधीबीच कुटाकुटको स्थिति बनेको थियो ।
मतगणनाको पछिल्लो विवरण अनुसार मेयर कांग्रेस र माओवादी गठबन्धनका रामकृष्ण खाणले ३ हजार ८२८ मत प्राप्त गरेका छन् भने एमालेका मोहन चापागाईंले ३ हजार ६२१ मतका साथ पछ्याइरहेका छन् ।
तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो । उनका सहोदर भाई रामकृष्ण खाण गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार छन् । खाण यसअघिको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग नगरप्रमुखमा पराजित भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend