Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनलाई पराजित गर्दै घोराही उपमहानगरपालिकामा एमाले विजयी


    बिहिबार, जेष्ठ ५ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ । सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुनः निर्वाचित भएका छन् ।

    चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका छन् । उनले ३१ हजार ७ सय २८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।

    चौधरी २०७४ मा पनि प्रमुखमा निर्वाचित भएका थिए । ०७४ मा उनले २२ हजार ३० मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत पाएका थिए । माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए । चौधरीले यसपटक ९ हजार ६ सय ९८ मत बढाएका हुन् । 

    उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार