Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झम्सीखेलमा सडक दुर्घटना, ठोक्किए दुई कार र मोटरसाइकल


    बिहिबार, साउन ८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । झम्सिखेलमा क्षेत्रमा बिहीबार सडक दुर्घटना भएको छ । दुई वटा कार र एउटा मोटरसाइकल ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ।

    बिहीबार दिउँसो बा ८ च ७२५६ नम्बरको कारको टायर पञ्चर भएर विपरीत दिशाबाट आउँदै गरेको बा ११ च ११७० नम्बरको कारसँग ठोक्किए थियो।

    सोहीबेला पछाडिबाट आउँदै गरेको प्रदेश २-०३-००३ प ६८३४ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो। दुर्घटना हुँदा मोटरसाइकल चालक सामान्य घाइते भएका छन्।

    उनको अल्का अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालय जावलाखेलले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार