Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राखेप सदस्य-सचिवको सुविधा सिफारिस, तलब करिब ६१ हजार हुने


    बिहिबार, साउन ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ नियुक्त हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य-सचिवको सुविधा सिफारिस गरिएको छ । 

    युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिवको पदपूर्तिका लागि गठन गरेको समितिले नै सदस्यसचिवको तलब लगायतका सुविधा बुधबार सिफारिस गरेको हो।

    समितिले सदस्यसचिवको तलब नेपाल सरकारको सचिव सरह हुने गरी सिफारिस गरेको थाहा भएको छ। अहिले नेपाल सरकारको सचिवको तलब ६० हजार ६ सय ७६ रुपैयाँ छ। यसअघि सदस्यसचिवको सेवा सुविधा परिषद्ले तोक्ने व्यवस्था रहेको थियो ।

    समितिले बुधबार नै सदस्य-सचिवका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस हुनेमा अन्जु श्रेष्ठ, रमेशकुमार सिलवाल र लिलबहादुर थापा छन् ।

    अहिलेको नयाँ कानुनमा सदस्य-सचिवको सेवा तथा सुविधा नेपाल सरकारले तोक्ने व्यवस्था छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा यी दुवै प्रस्ताव पेश हुने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार