Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु


    बुधबार, बैशाख २८ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्स । वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ ।

     सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ । आक्रमणमा अर्का पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ । 

    अक्लेह अल जजिराको अरबी समाचार सेवामा एक प्रमुख व्यक्तित्व थिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार