Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी


    बुधबार, बैशाख २८ २०७९
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । झाडापखालाबाट दाङको तुलसीपुरमा एक बालकको मृत्यु भएको छ। चार जना बिरामी परेका छन्।

    तुलसीपुर उपमहानगरपालिका–११ उरहरिका अनमोल पुनको मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले बताए।

    अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी छन्।

    उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले बताए। उनकाअनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ।

    बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले बताएको छ। बिरामी सबै एकाघरका भएको इन्चार्ज केसीले बताए।

    बिरामी उपचारका लागि ढिला गरी मंगलबार बेलुका मात्र अस्पतालमा आएको बताइएको छ। गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि आउने क्रम बढेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार