Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रूकुमको जंगलमा महिलाको शव फेला


    मंगलबार, बैशाख २७ २०७९
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रूकुम । रूकुम (पूर्व) मा एक महिलाको शव फेला परेको छ। पुथाउत्तरगंगा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो। 

    सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए। शव परीक्षणका लागि रूकुम(पूर्व) अस्पताल ल्याइँदैछ। 

    शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार