काठमाडौं । तनहुँ शुक्लागण्डकीमा नेकपा मालेबाट उपमेयरको उम्मेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्लागण्डकीमा सोमबार आयोजित चुनावी सभामा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले उनलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
कांग्रेस प्रवेश गरेसँगै लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र कांग्रेसका मेयर पदका उम्मेदवार कृष्णराज पण्डितसहितको गठबन्धन टिमलाई समर्थन गर्ने प्रतिवद्धता गरेका छन् ।