बुटवल । लगातारको वर्षाले पहिरो खस्दा बुटवल-तानसेन खण्ड अवरुद्ध भएको छ ।
तानसेन नगरपालिका ८ मा पर्ने गौडेपुल क्षेत्रमा गएराति पहिरो खस्दा र सिद्धबाबा मन्दिर क्षेत्रमा भीरबाट ढुंगाको थुप्रो खस्दा सडक अवरुद्ध भएको हो ।
स्तै बुटवल-दोभान खण्ड पनि अवरुद्ध भएको छ । पहिरो खसेपछि गुल्मी स्याङ्जा र बागलुङबाट बुटवल जाने र बुटवलबाट सो क्षेत्र जाने सवारीसाधनको आवागमन ठप्प छन् ।
पहिरो पन्छाउने क्रम जारी रहेको र ३ देखि ४ घण्टामा यो खण्ड सञ्चालनमा आउने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपक खरेलले जानकारी दिए ।