Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले विनातयारी शिलान्यास गरिएका सडक अलपत्र


    आइतबार, बैशाख २५ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । धरहराको निर्माण ३५ प्रतिशत बाँकी हुँदै उदघाटन गरेका खड्गप्रसाद  ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट शिलान्यास गरेका १६५ वटा सडक अलपत्र छन् ।  

    एक बर्षअघि २०७७ चैत २१ मा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले विनातयारी बालुवाटारबाट स्वीच थिचेर शिलान्यास गरिएका प्रादेशिक एवं स्थानीय सडक निर्माण कार्यक्रम अलपत्र परेको छ । स्रोतको ब्यवस्थापन नगरी हचुवाका भरमा बालुवाटारबाट ओलीले शिलान्यास गरेका थिए । अहिलेसम्म उदघाटन गरिएका ती सडकको कुनै प्रगति छैन । तयारीबिनै शिलान्यास गर्दा काममा प्रगति नदेखिएको हो । स्रोत अभावमा यी सडकको काम अघि बढेको छैन ।

    मुलुकभरका ७ सय ५३ पालिकामध्ये २ सय २१ मा अहिलेसम्म पक्की सडक नपुगेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको तथ्यांक छ, जसमा २ सय पालिकामा पक्की सडक नभएको र २१ वटामा सडकको ट्रयाक नै खुलेको छैन, आजको कान्तिपुरमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार