Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शान्ति मिसनमा जाने सैनिक जहाँको तहीं अड्किए 


    बुधबार, चैत्र ५ २०७६
    650
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ५ चैत । विश्वभरका सेनामध्ये संयुक्त राष्ट्रसंघीय मिशनअन्तर्गत विदेशतिर सबभन्दा बढी उपस्थिति जनाउनेमा नेपाल चौथो नम्बरमा पर्छ । द्वन्द्वग्रस्त मुलुकहरूको शान्ति स्थापनार्थ नेपालका ५१ सय १ जना सैनिक खटाइएका छन् । तर, कोभिड– १९ को संक्रमण विश्वभर फैलिन थालेपछि जिम्मेवारीमा जान लागेका र उता अवधी पूरा गरेका– दुबैथरि सैनिकले बीचैमा अड्किनु परेको छ । रोटेशनअनुसार साउथ सुडानतर्फ ७ सय जनाको एउटा बटालियन फागुन २४ गते नै प्रस्थान गरिसक्नु पर्नेमा त्यहाँको सरकारले एसियाली मुलुकबाट खटिने त्यस्ता सैनिक तत्काल नपठाउन युएन हेर्डक्वार्टरलाई पत्राचार गरेबमोजिम उताको उतै र यताको यतै अड्किएका हुन् ।

    यसरी होल्डमा रहने मुलुकहरूमा भारत, चीन, नेपाल, पाकिस्तान, बंगलादेश, कम्बोडिया र कोरिया छन् । यसैको मारमा परी चीनमा कोर्ष गर्दै रहेका १४ जना सैन्य अधिकृत पनि यतै रोकिएका छन् । उनीहरूलाई अहिले घरै बसीबसी अनलाइनमार्फत् तालिम दिइराखिएको छ । सुडानमै सेक्टर कमाण्डरको रूपमा छानिएका २४ नम्बर बाहिनी जुम्लाका जर्नेल दीपक बानियाँसमेत भिसा आइसकेर पनि रोकिनेमा परेका छन् । 

    यता, अनेकप्रकारका अनियमिततामा संलग्न सैनिक अधिकृतमाथि जंगी अड्डाले छानवीन र कारवाहीको क्रमलाई तीव्र पारेको छ । पहिला सिराहाको चोहर्वास्थित २७ बाहिनीमा कार्यरत सहायक रथी बाबुराम श्रेष्ठ सैनिक भर्नाका नाममा अनियमितता गरेपछि छानवीनमा परेका छन् । हाल उत्तरपश्चिम पृतना, सुर्खेतको चिफ अफ स्टाफ रहेका उनले सिराहामा हुँदै २५–२६ जनालाई गाउँमै तालिम दिएर सेनामा भर्ना गर्न खोजेपछि विवादमा मुछिएका थिए । जनआस्था साप्ताहिकबाट
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार