Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आगलागीमा परी २ जनाको मृत्यु


    शुक्रबार, बैशाख २३ २०७९
    460
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भोजपुर र पाल्पामा आगलागीका घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

    भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजार बस्ने खेममणी तामाङको घरमा बिहीबार साँझ आगलागी हुँदा जलेर उनको दुई वर्षीया छोरी रेश्मा तामाङको मृत्यु भएको छ । 

    आगलागीमा परी घाइते भएकी उनकै श्रीमती २४ वर्षीया मिना तामाङको धरान घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    आगलागीबाट दुई वटा घर तथा खेममणीको किराना पसल र कपडा पसल समेत पूर्णरूपमा जलेर नष्ट भएको छ । 

    पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ जौखरक बस्ने ७९ वर्षीय मान बहादुर सोमैको घरमा बिहीबार राति आगलागी हुँदा जलेर मान बहादुरको मृत्यु भएको छ । 

    आगलागीबाट करिब २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार