Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनको चुनावी सभा आज काठमाडौँमा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने 


    शुक्रबार, बैशाख २३ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनले आज शुक्रबार काठमाडौं उपत्यकामा चुनावी सभा गर्दैछ।

    सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्नेछन्।

    बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो।

    काठमाडौं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन्।

    कांग्रेसले २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ। विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन्।

    कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार