Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो रहनेछ आजको मौसम, काठमाडौँमा गएरातिदेखि नै वर्षा


    बिहिबार, बैशाख २२ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली  प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    यता शुक्रबार पनि देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार