Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईपीएलः धोनीको पुनरागमन कप्तानीसँगै चेन्नई विजयी


    सोमबार, बैशाख १९ २०७९
    375
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । महेन्द्रसिंह धोनी कप्तानका रूपमा फर्केयताको पहिलो खेलमा चेन्नई सुपर किंग्सले आइतबार सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको छ ।

    पहिले ब्याटिङ गरेको चेन्नईले ऋतुराज गायकवाडले ५७ बलमा ९९ रन बनाएपछि दुई विकेटको क्षतिमा २ सय २ रन बनाएको थियो ।

    ऋतुराजले डेभन कनवेसँग मिलेर पहिलो विकेटका लागि १ सय ८२ रनको साझेदारी गरे । कनवेले ५५ बलमा ८५ रन बनाए र नटआउट रहे । जवाफमा हैदरावादले ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो ।

    निकोलस पुरनले ३३ बलमा ६४ रन बनाए पनि त्यो हैदरावादलाई खेलमा फर्काउन पर्याप्त रहेन । यसअघि रवीन्द्र जडेजाले शनिबार मात्रै नेतृत्वबाट राजीनामा दिएपछि ४० वर्षीय धोनीलाई कप्तानी दिइएको थियो ।

    जडेजाको नेतृत्वमा चेन्नईले आठ खेलमा दुई जित मात्र निकाल्न सकेको थियो । धोनी भने प्रतियोगिताकै इतिहासका सबैभन्दा सफल कप्तान हुन् र उनले २ सय ५ खेलमा नेतृत्व गर्दै १ सय २२ जित निकालेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार