Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढीमा परिवार दलबाट परेकाे उपमेयरको उम्मेदवारी रद्द


    शुक्रबार, बैशाख १६ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । समानुपातिकको बन्दसूचीमा नाम समावेश भएको पाइएपछि धनगढी उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ । 

    नेपाल परिवार दलको तर्फबाट विकले धनगढीको उपप्रमुख पदका लागि उम्मेदवारी दिएकी थिइन् ।

    समानुपातिकको बन्दसूचीमा नाम समावेश भेटिएपछि उनको उम्मेदवारी रद्द भएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

    उनका अनुसार धनगढी- ५ बाट माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नम्बर ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी एकीकृत समाजवादी की पार्वतीदेवी भाट, वडा नम्बर ६ बाट राप्रपाबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारीसमेत रद्द भएको छ । 

    यसैगरी धनगढी-६ को वडाध्यक्षमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका दिलीपराज भण्डारी, वडा नम्बर ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका झगरु राना र वडा नम्बर १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवी स्नेहीको नामसमेत रद्द गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार