Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युक्रेनमा भएको रुसी हमला नरसंहार होः क्यानडा


    बिहिबार, बैशाख १५ २०७९
    530
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युक्रेनमा रसियाली हमलालाई क्यानाडाली सांसदहरूले नरसंहार भनेका छन् । बुधबार एउटा प्रस्ताव सर्वसम्मतले पारित गर्दै संसद्  सदस्यहरूले मस्कोले गरेको युद्ध अपराधको पर्याप्त प्रमाण रहेको बताएका छन् ।

    क्यानेडियन हाउस अफ कमन्सको प्रस्तावमा रुसले गरेको युद्ध अपराधमा सामूहिक अत्याचार, युक्रेनी नागरिकको जानीजानी हत्या, युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरण, यातना, शारीरिक तथा मानसिक हानी र बलात्कार जस्ता घटनाहरू समावेश छन् । 

    यसै महिनाको सुरुमा प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाएको आरोपलाई समर्थन गर्दै युक्रेनमा रुसी हमलालाई नरसंहारको रूपमा वर्णन गर्न धेरै  मानिसहरूको लागि यो ‘बिल्कुल सही’ भएको बताएका थिए । 

    युक्रेनमा रुसी हमलालाई लिएर प्रतिबन्ध लगाउने बिभिन्न पश्चिमा देशहरुमध्ये क्यानडा पनि एक हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार