Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजबाट मतपत्र ढुवानी सुरु, पहिले कर्णाली प्रदेश पठाइने


    मंगलबार, बैशाख १३ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले  यहि वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि  आज मंगलबार बाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ । आयोगले पहिलो चरणमा कर्णाली प्रदेशका लागि मतपत्र ढुवानी गर्न लागेको हो ।

    नेपाली सेनाको सुरक्षा घेरामा जिल्लास्थित निर्वाचन केन्द्रमा पुग्ने गरी मतपत्र ढुवानी गर्न लागेको हो । गएको चैत १६ गतेबाट मतपत्र छपाइ शुरू भएको थियो । मतपत्र हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट ढुवानी हुने आयोगले जनाएको छ ।
    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मतपत्रको छपाई कार्य जारी रहेको बताए ।उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छाप्ने काम सकिएको छ । आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार